Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा, खुल्यो टी२० विश्वकप खेल्ने बाटो

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा, खुल्यो टी२० विश्वकप खेल्ने बाटो

  • बुधवार, जेठ २ २०८१

  • 1.1K
    SHARES

  • सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा, खुल्यो टी२० विश्वकप खेल्ने बाटो
    काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
     
    क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुकुवा भएको जनाएको छ । योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो खुलेको छ ।
     
    ‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।
     
    गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । आज उच्च अदालतले सफाइ दिएसँगै क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको हो ।
     
    लामिछानेलाई बुधबार(आज) उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको हो ।
    can-sandeep-.jpg


    बुधवार, जेठ २ २०८१०७:३७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij