काठमाडौं। अन्तर वीमक फुट्सल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्सले हात पारेको छ।नेपाल वीमा प्राधिकरण स्थापनाको ५६ओं बार्षिकोत्सवको उपलक्ष्यमा कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा नेपाल लाइफले सानिमा जिआईसिलाई ४ का बिरुद्ध ७ गोलले पराजित गरेको हो।
प्रतियोगितामा जीवन, निर्जीवन, लघु वीमा र आयोजक गरी १३ टिमले सहभागिता जनाएको थिए। नेपाल लाइफ इन्स्योरेन्स कम्पनि कर्णाली प्रदेश कार्यालय प्रमुख अनन्त अधिकारीको कप्तानिमा रहेको नेपाल लाइफले प्रतियोगिता अवधीभर अति नै आक्रमक प्रदर्शन गरेको थियो।
पहिलो खेलमा ननलाइफ डिलाई २ का बिरुद्ध १३, दोस्रो खेलमा ननलाइफ सिलाई १ का बिरुद्ध ११, सेमिफाईनलमा सन नेपाललाई शुन्यकाबिरुद्ध १४ गोल गरि जम्मा ७ का बिरुद्ध ४५ गोल गरेको खेलमा नेपाल लाइफका अनिश गौतम उत्कृष्ट खेलाडि घोषित भए।

प्रतियोगिताको समापन कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र के.सी तथा नेपाल वीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारिको उपस्थिति रहेको थियो।
उहाँहरुले कप्तान अधिकारीसहित सबै खेलाडिलाई शिल्ड, तक्मा तथा प्रमाणपत्र प्रदान गर्नुभयो। प्राधिकरणले फुटसलको अलावा अन्य थुप्रै कार्यक्रम गरि बार्षिकोत्सव भब्य रुपमा मनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनि नेपालको सर्वाधिक बिश्वासिलो जीवन वीमा कम्पनिसमेत हो। यसले विगतदेखी नै जीवन वीमा सेवासंगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि प्राथमिकताका साथ संचालन गर्दै आइरहेको छ।
