Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रातोपहिरोमा जीप दुर्घटना, एक जनाको मृत्यु १० घाइते

रातोपहिरोमा जीप दुर्घटना, एक जनाको मृत्यु १० घाइते

  • शुक्रवार, कार्तिक १४ २०७७

  • 1.0K
    SHARES

  • रातोपहिरोमा  जीप दुर्घटना, एक जनाको मृत्यु १० घाइते

    म्याग्दीको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा आज जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ।

    घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पु¥याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुुभयो।

    जीपमा ११ जना सवार रहेकोमा घाइते ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते जीप चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।


    शुक्रवार, कार्तिक १४ २०७७०२:२९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij