काठमाडौं । वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।
सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,, २८ गतेको बैठकमा सबै नेताहरूले बोल्नुहुन्छ। त्यहाँ बैठकलाई व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्छ।
तर, उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी प्रकरणको छानबिन गर्नको लागि समिति बनाउने विषयमा अझै दलहरुबीच कुरा मिल्न सकेको छैन।