Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज पनि सुनुवाइ भएन सन्दीप लामिछानको मुद्दा

आज पनि सुनुवाइ भएन सन्दीप लामिछानको मुद्दा

  • आइतवार, बैशाख २३ २०८१

  • 766
    SHARES

  • आज पनि सुनुवाइ भएन सन्दीप लामिछानको मुद्दा

    काठमाडौं। उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिए पनि क्रिकेटर सन्दीप लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ ।

    उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि मुख्य न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ नहुने भएको हो ।

    यसअघि मुख्य न्यायाधीश निरौलाकै इजलासले झगडिया झिकाउने आदेश दिएकाले उहाँले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरिएको हो । यसअघि चारपटक पेसी तोकिएर पनि छिनोफानो हुन नसकेको सो मुद्दा आज पहिलो नम्बरमै पेसी परेकाले सुनुवाइ हुने अपेक्षा गरिएको थियो ।

    तर मुख्य न्यायाधीशसमेतको इजलास तोकिएकाले उहाँले मुद्दा हेर्न नमिल्ने भएको हो । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।


    आइतवार, बैशाख २३ २०८१०१:२२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij