Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणमा व्यक्तिमाथि छानबिन हुँदैन भनेर सरकार मुख्य दोषी बचाउन नलागोस् : रामहरि खतिवडा

सहकारी प्रकरणमा व्यक्तिमाथि छानबिन हुँदैन भनेर सरकार मुख्य दोषी बचाउन नलागोस् : रामहरि खतिवडा

  • आइतवार, बैशाख २३ २०८१

  • 1.0K
    SHARES

  • सहकारी प्रकरणमा व्यक्तिमाथि छानबिन हुँदैन भनेर सरकार मुख्य दोषी बचाउन नलागोस् : रामहरि खतिवडा
    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेसहित समग्र संकटग्रस्त सहकारीमाथि छानबिन हुनुपर्ने बताउनुभएको छ । सरकारले छानबिन समिति बनाएर मुख्य दोषी लामिछानेमाथि छानबिन गरेन भने कुनैपनि हालतमा संसद् चल्न नदिने चेतावनी दिनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले व्यक्तिमाथि छानबिन हुँदैन भनेर दोषीलाई बचाउने काममा सरकार नलाग्न चेतावनी दिनुभयो । उहाँले कांग्रेसको मागलाई ख्याल ख्याल नठान्न सचेत गराउँदै गृहमन्त्री मात्र होइन दोषी भए प्रधानमन्त्रीमाथि पनि छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री एकदम निष्पक्ष, इमानदार हुनुहुन्छ भन्ने अभिव्यक्ति दिने गरेको बताउँदै उहाँले जानकारी नभएको कुरामा नबेल्न सुझाउनुभयो । प्रधानमन्त्री नै यसरी हल्का रुपमा हुने पद्धतिले जनतामा राम्रो सन्देश नजाने बताउनुभयो ।

    आफूहरूले कसैलाई दोषी भनेर दाबी नगरेको बताउँदै खतिवडाले निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो । यदि छानबिनपछि कोही निर्दोष भए सफाइ पाउने तर दोषी भए कारबाहीको दायरामा आउने उहाँको भनाई छ ।
     


    आइतवार, बैशाख २३ २०८१०९:३७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij