Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गुजरातलाई ४ विकेटले हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

गुजरातलाई ४ विकेटले हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

अन्तिम ४ को सम्भावना कायमै
  • आइतवार, बैशाख २३ २०८१

  • 1.0K
    SHARES

  • गुजरातलाई ४ विकेटले हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको रोयल च्यालेन्र्ज बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजि गर्दै सातौं स्थानमा उक्लिएको छ।

    गएराति आरसिबीको घरेलु मैदान बैंग्लोरुमा भएको खेलमा गुजरातले दिएको १४८ रनको लक्ष्य ३३ बल बाँकी हुँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो। आरसिबीले १३.४ बल खेल्दै १५२ रन बनाएको हो।

    टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको गुजरातका लागि एम शाहरुख खान ३७, राहुल तेवाटिया ३५, डेभिड मिलर ३०, राशिद खान १८ र विजय शंकर १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ओपनर ऋद्धिमान साह १ रनमा आउट हुँदा अर्का ओपनर सुभमन गिलले मात्र २ रन जोडे। उनीहरुले समान ७ बलको सामना गरेका थिए।

    सुरुवाती ब्याट्म्यान सस्तैमा समेटिएपछि आरसिबीका बलर गुजरातमाथि हाबी भएका थिए। गुजरात १९.३ बलमा सबै विकेट गुमएर १४७ रनमा समेटिएको थियो।

    गुजरातलाई सस्तैमा समेट्न गुजरातका लागि मोहम्मद सिराज, यस दयाल र विजयकुमार विषायकले दुईदुई विकेट हात पारे। क्यामरुन ग्रिन र कर्ण शर्माले एकएक विकेट लिए।

    १४८ रनको मध्यम लक्ष्य पछ्याएको आरसिबीका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतक बनाए। उनले २३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका हुन्। ओपनर विराट कोहलीले २७ बलको सामना गर्दै ४२ रन जोडे। उसका लागि दिनेश कात्तिकले नटआउट २१ रन जोड्दा स्वप्निल सिंहलेसमेत नटआउट १५ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

    गुजरातका लागि जोश लिटिलले एक्लै चार विकेट हात पारे भने नूर अहमदले दुई विकेट लिए। यो जितसँगै आरसिबी ८ अंकसहित तालिकाको सातौं स्थानमा उक्लिएको छ भने गुजरात ६ अंकसहित नवौं स्थानमा झरेको छ।

    आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल पञ्जाब किंग्स र चेन्नाई सुपर किंग्सबिच दिउँसो ३ः४५ बजे सुरु हुनेछ। दोस्रो खेल साँझ ७ः४५ बजे लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सबिच हुँदैछ।


    आइतवार, बैशाख २३ २०८१०६:०६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij