Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० शृङ्खलामा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

टी–२० शृङ्खलामा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

  • बुधवार, बैशाख १९ २०८१

  • 762
    SHARES

  • टी–२० शृङ्खलामा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

    काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।

    जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुगेको थियो ।

    नेपालका लागि लोकेश बम र करण केसीले सर्वाधिक २८–२८ रन बनाए । त्यस्तै, कुशल मल्लले २० रन बनाउँदा विनोद भण्डारीले १९ तथा अनिल साहले १४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्सले शानदार शतक बनाए । उनले ६१ बलमा ११९ रन बनाए । त्यस्तै, आन्द्रे फ्लेचरले पनि अर्धशतक बनाए । उनले ३३ बलमा ५३ रन हिर्काए । यस क्रममा उनले ४ चौका र ३ छक्का हिर्काए ।

    त्यस्तै फाबियन एलनले ९ बलमा १९ रन तथा एलिक अथान्जेले १० बलमा १७ रनको योगदान दिए । नेपालका लागि करन केसी र सागर ढकालले एक–एक विकेट लिए ।

    जितसँगै शृङ्खलामा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । दोस्रो खेलमा भने घरेलु टोली १० रनले स्तब्ध बन्न पुग्यो ।


    बुधवार, बैशाख १९ २०८१०४:०४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij