Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दोस्रो टी– २० खेलमा वेष्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १६१ रनको लक्ष्य

दोस्रो टी– २० खेलमा वेष्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १६१ रनको लक्ष्य

  • आइतवार, बैशाख १६ २०८१

  • 513
    SHARES

  • दोस्रो टी– २० खेलमा वेष्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १६१ रनको लक्ष्य

    काठमाडौं । दोस्रो टी– २० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो ।

    वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए ।

    गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे । वेष्ट इन्डिज ‘ए’ ले पछिल्लो दुई ओभरमा ४१ रन जोड्यो ।

    बलिङमा नेपालका स्पिनर हाबी भए । स्पिनर कुशल भुर्तेल र सागर ढकालले २(२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

     


    आइतवार, बैशाख १६ २०८१०२:०२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij