काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ ।
सिरिजको पहिलो खेल आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ ।
नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी–२० खेलको शृङ्खला खेल्ने तय भएको छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ।शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानले वेष्ट इण्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। शुक्रबार चार सदस्य थपिएका छन्।
नेपाली टोली रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको छ। वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन्।