Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतीय गुप्तचर प्रमुखसँगको भेटबारे नेकपाकै नेता पक्ष र विपक्षमा विभाजित

भारतीय गुप्तचर प्रमुखसँगको भेटबारे नेकपाकै नेता पक्ष र विपक्षमा विभाजित

  • बुधवार, कार्तिक १२ २०७७

  • 1.1K
    SHARES

  • भारतीय गुप्तचर प्रमुखसँगको भेटबारे नेकपाकै नेता पक्ष र विपक्षमा विभाजित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकायका प्रमुखलाई भेटेको विषयमा नेपाका नेताहरुको मत बाझीएको छ ।

    विषेश गरेर पूर्व माओवादी निकट नेताहरु भेटवार्ताको विपक्षमा देखिएका छन् भने पूर्व एमाले पक्षका नेताहरु भेटलाई अवसरको रुपमा व्याख्या गर्न तल्लीन छन ।

    प्रधानमन्त्री ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलबीचको भेटका बारेमा पार्टीको शिर्ष तह देखि नै नेताहरु रुपमा विभाजित हुदै एक अर्कालाई आरोप प्रत्यारोप पनि गरिरहेका छन् ।

    पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरु धेरै नखुलेपनि दोस्रो तहका नेताहरु खुलैरै पक्ष र विपक्षमा उभिएका छन् ।

    उपप्रधानमन्त्री इश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरुले भेटलाई नेपाल भारत सम्वन्ध सुधार गर्ने प्रयासका रुपमा व्याख्या गर्ने गर्नुभएको छ ।

    तर नेकपाकै प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपाका अर्का प्रभावशाली नेता भिम रावल, पम्फा भूसाललगायतका नेताहरुले भने गुप्तचर निकायका प्रमुखलाई गोप्य तरिकाले पूर्व जानकारी विना भेट्नु रहस्यमय र आपत्तिजनक भएको टिप्पणी गर्नुभएको छ ।

    पार्टीमा कुनै छलफल र जानकारी नगराइएको, परराष्ट्र मन्त्रालय पनि बेखबर रहेको, भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी नभएको, विषेश दूतका रुपमा आएको स्पष्ट नभएको, मर्यादा र प्रक्रिया नमिलेकोलगायतका कारणले धेरै भेट अस्वभाविक, रहस्यम र शंकास्पद भएको असन्तुष्ट पक्षका नेताहरुको दावी छ ।

     


    बुधवार, कार्तिक १२ २०७७०७:५४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij