Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
एसीसी प्रिमियर कप

साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

  • बुधवार, बैशाख ५ २०८१

  • 680
    SHARES

  • साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

    काठमाडौं । साउदी अरबले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो ।

    साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।


    बुधवार, बैशाख ५ २०८१०३:०६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij