Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक खेल अगावै नेपाल समूह विजेता बन्ने निश्चित

एक खेल अगावै नेपाल समूह विजेता बन्ने निश्चित

  • मंगलवार, बैशाख ४ २०८१

  • 1.8K
    SHARES

  • एक खेल अगावै नेपाल समूह विजेता बन्ने निश्चित

    काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल एक खेल अगावै समूह विजेता बन्ने निश्चित भएको छ । मंगलबार भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह एको विजेता बन्ने निश्चित भएको हो ।

    ३ खेल खेलेको नेपालको ३ जितसहित ६ अंक छ । ४ खेल खेलको कतारको ४ अंक, ३ खेल खेलेको साउदी अरेबियाको २ अंक, ३ खेल खेलेको मलेसियाको र हङकङको २–२ अंक छ ।

    अन्तिम खेलमा नेपाल पराजित भएपनि नेपालको ६ अंक कायम रहनेछ । अर्कोतर्फ कुनै पनि टीमले जित निकालेपनि ६ अंक पुग्ने छैन । तसर्थ नेपाल एक खेल अगावै समूह विजेता बन्ने निश्चित भएको हो ।

    नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार साउदी अरेबियासँग खेल्नेछ ।

     


    मंगलवार, बैशाख ४ २०८१०४:५५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij