Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

  • मंगलवार, कार्तिक ११ २०७७

  • 1.9K
    SHARES

  • खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

    खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना भएको हो ।

    हिजो (सोमबार) साँझ बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई रहेका छन् ।

    दुर्घटनामा बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनकै ९ महिने छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका छन् । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    जीपका चालक उदपयुर चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय यामबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    मंगलवार, कार्तिक ११ २०७७०१:११:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij