Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

एसीसी प्रिमियर कपः नेपालको लगातार दोस्रो जित

एसीसी प्रिमियर कपः नेपालको लगातार दोस्रो जित

  • शनिवार, बैशाख १ २०८१

  • 1.0K
    SHARES

  • एसीसी प्रिमियर कपः नेपालको लगातार दोस्रो जित

    काठमाडौं। एसीसी प्रिमियर कप २०२४ मा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो।

    ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन र आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको विशाल लक्ष्य पाएको थियो ।

    कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे पनि टिमको जितका लागि पर्याप्त भएन।

    बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

     


    शनिवार, बैशाख १ २०८१०७:४६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij