Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

  • शनिवार, बैशाख १ २०८१

  • 815
    SHARES

  • नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रको विस्फोटक ब्याटिङ, ६ बलमा ६ छक्का

    कठमाडौं । दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो ।

    दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काएका थिए । उनी यो उपलब्धि हासिल गर्ने सीमित खेलाडीहरुको सूचीमा परेका छन् । उनले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए ।

    नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए । उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।

    त्यस्तै, कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रनको योगदान दिए । कतारका लागि हिमान्सु राथोड र मुसावर शाहले ३–३ विकेट लिए ।


    शनिवार, बैशाख १ २०८१०६:३५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij