Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

स्कुल हिँडेकी छात्रालाई हत्या गर्ने युवक कारागार चलान

स्कुल हिँडेकी छात्रालाई हत्या गर्ने युवक कारागार चलान

  • बिहिवार, चैत्र २९ २०८०

  • 418
    SHARES

  • स्कुल हिँडेकी छात्रालाई हत्या गर्ने युवक कारागार चलान

    काठमाडौं । काठमाडौंको तारेभिरमा स्कुल हिँडेकी छात्रालाई हत्या गरेर खाल्डोमा पुर्ने युवकलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

    हत्यामा संलग्न अभियुक्त २१ वर्षीय रुपेन्द्र लामालाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

    १२ कक्षामा अध्ययनरत १८ वर्षीय सुस्मा लामा फागुन २५ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा मृत अवस्थामा फेला परेकी थिइन् । गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय रुपेन्द्रलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

    प्रेम प्रस्ताव अस्वीकार गरेपछि स्कुल हिँडेकी सुस्मालाई उनले क्रूर तवरले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त बौद्धले उनी विरुद्ध जन्मकैदको मागदावी लिनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।


    बिहिवार, चैत्र २९ २०८००५:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij