Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

  • बिहिवार, चैत्र २९ २०८०

  • 931
    SHARES

  • नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

    काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाउनुभएको छ ।

    पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।

    हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएको छ । उहाँले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नुहुने छ ।

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना विसं २०५८ चैत २० गते भएको हो ।


    बिहिवार, चैत्र २९ २०८००२:३२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij