Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

  • सोमवार, चैत्र २६ २०८०

  • 1.5K
    SHARES

  • कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
    काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 
     
    सोमबार(आज) प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । 
     
    माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदन समेत दिने निर्णय भएको जानकारी दिनुभयो । 


    सोमवार, चैत्र २६ २०८००२:४८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij