Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, आजै शपथ

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, आजै शपथ

  • आइतवार, चैत्र २५ २०८०

  • 1.0K
    SHARES

  • गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त, आजै शपथ
    काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार(आज) मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
     
    अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुनुहुन्छ ।
     
    अधिकारीले आज बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमन्त्रीको दाबी प्रदेश प्रमुखसमक्ष गर्नुभएको थियो।
     
    शपथ ग्रहण आजै साढे तीन बजे राखिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।  यता नेपाली कांग्रेसका नेताहरू भने अधिकारीको दाबी असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखकोमा पुगेका थिए ।


    आइतवार, चैत्र २५ २०८००१:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij