Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन अध्यक्ष रञ्जिताको सांसदहरुलाई निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन अध्यक्ष रञ्जिताको सांसदहरुलाई निर्देशन

  • बुधवार, चैत्र २१ २०८०

  • 2.4K
    SHARES

  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन अध्यक्ष रञ्जिताको सांसदहरुलाई निर्देशन

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

    पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उहाँले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिनुभएकोे छ ।

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

    अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गर्नुभएको छ ।

     


    बुधवार, चैत्र २१ २०८००२:१६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij