काठमाडौं। काठमाडौंमा जारी नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबिचको अन्तिम खेल आज हुँदैछ।
घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपालले यसअघीका २ खेलमा पराजय भोगिसकेको छ। दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जीत निकाल्दै शृंखला जितिसकेको आएरल्याण्ड वुल्भ्सले आजको खेल पनि जितेको खण्डमा नेपाल ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ ।
विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने आज जितसहित शृंखलाको सुखद् अन्त्य गर्ने लक्ष्यमा हुनेछ। ट्वान्टी–२० शृंखलापछि दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्। एकदिवसीय शृंखला बुधबारदेखि शुरू हुनेछ।