काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा देउवाले अहिले कांग्रेस देशको ठूलो पार्टी भएको भन्दै अब बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो ।
समावेशी समानुपातिक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज नभएको उहाँको भनाइ छ । सभापति देउवाले अहिलेको संविधानले महिलालगायत सवै समुदायलाई समान अधिकार दिएकाले संसारका संविधानमध्ये उत्कृष्ट संविधान रहेको जिकिर गर्नुभयो । कांग्रेस पूर्णरूपमा समावेशी पार्टी रहेको उहाँको जिकिर छ ।