Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विद्यार्थीहरुको भविष्यमाथि त्रिविको चरम लापरवाही, नतिजाको पर्खाईमा बसेकाहरुको उत्तरपुस्तिका हरायो (खास खबर)

विद्यार्थीहरुको भविष्यमाथि त्रिविको चरम लापरवाही, नतिजाको पर्खाईमा बसेकाहरुको उत्तरपुस्तिका हरायो (खास खबर)

  • शुक्रवार, चैत्र १६ २०८०

  • 682
    SHARES

  • विद्यार्थीहरुको भविष्यमाथि त्रिविको चरम लापरवाही, नतिजाको पर्खाईमा बसेकाहरुको उत्तरपुस्तिका हरायो (खास खबर)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परिक्षा दिएर नतिजाको पर्खाईमा रहेका विद्यार्थीमाथि चरम लापरवाही गरेको छ । उत्तरपुस्तिकानै हराएपछि अन्योलमा रहेका विद्यार्थीहरुमाथि त्रिविले ठूलो घात गरेको भन्दै चौतर्फी आलोचना भएको छ । विगतमा समेत उत्तरपुस्तिका हराएपछि गुपचुपमै पुनः परीक्षा गरिन्थ्यो । कुनैकुनै विषयमा त उत्तरपुस्तिका हराएपछि कापी परीक्षण नै नगरी विद्यार्थीलाई स्वतः पास गराउने गरेको कर्मचारीहरू बताउँछन् । परिक्षा वोर्डका सदस्य डा. ईश्वरी प्रसाद कंडेलले मानवीय त्रुटीका कारण उत्तरपुस्तिका हराएको जवाफ दिनुभएको हो ।

    यतिबेला भने दुई वटा विषयका उत्तरपुस्तिका हराएको विषय चर्चामा छ । स्नातक तह प्रथम वर्ष जनसंख्या ‘पीओपी–४२२’ विषयको उत्तरपुस्तिका हराएको छ । त्यस्तै अछाम परीक्षा केन्द्रबाट स्नातक तह प्रथम वर्षकै ‘फाउण्डेशन अफ एजुकेशन ४१२’ विषयको समेत उत्तरपुस्तिका हराएका छन् । दुवै विषयलाई परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले गुपचुप राख्न खोजेको थियो । उक्त विषय सार्वजनिक भएपछि पनिकाले पुनः परीक्षा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । जनसंख्या विषयको उत्तरपुस्तिका हराएको क्याम्पसहरूको मात्रै चैत २१ गतेदेखि पुनः परीक्षा सञ्चालन गर्ने भएको छ । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले त्रिभुवन विश्वविद्यालय चरम राजनीतिक चपेटामा परेको भन्दै अराजकता फैलिएको दाबी गर्नुभयो ।

    त्रिविमा विद्यार्थीका उत्तरपुस्तिका हराउनु सामान्यजस्तै बनेको छ । २०७८ सालमा पनि झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । चार वर्षे बीबीएसको चौथो वर्षको रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि पुनः परीक्षा लिइएको थियो । २०७८ पुस २७ मा लिइएको ‘बिजनेस रिसर्च मेथड्स’ को उत्तरपुस्तिका हराएपछि २०७९ पुस २४ मा पुनः परीक्षा लिइएको थियो । एक वर्ष बित्दा पनि रिजल्ट नआएको भन्दै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । त्यसपछि जाँच लिएको ५ दिनमै नतिजा सार्वजनिक गरिएको थियो । त्यस्तै २०७४ सालमा बीबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्ने बेलामा सिन्धुली बहुमुखी क्याम्पसका ६९ जना विद्यार्थीको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा दिनुपरेको थियो । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले उत्तरपुस्तिका एकजना विद्यार्थीको पनि हराउनु बिडम्बना भएको बताउनुभयो ।

    पनिकाले व्यवस्थित गर्न नसक्दा तथा जिम्मेवार पदाधिकारी सचेत नहुँदा यस्तो खालको समस्या देखिने गरेको छ । अरुले गरेको गल्तीका कारण विद्यार्थीको भविष्यमाथि खेलबाड हुने गरेको छ ।


    शुक्रवार, चैत्र १६ २०८००७:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij