काठमाडौं। नेपाल ‘ए’ ले आज हुने आयरल्यान्ड ‘ए’ विरुद्धको खेलका लागी टस जितेर फिल्डिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको टी–२० खेलमा घरेलु टोली नेपालले टस जितेर आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो।
यसअघि बिहीबार हुने भनिएको खेल वर्षाका कारण रद्ध भएको थियो। त्यसपछि नेपाल क्रिकेट संघ(क्यान)ले नयाँ तालिकाका सार्वजनिक गरेको छ। नयाँ तालिकाअनुसार नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शनिबार खेलिने छ ।
यी दुई टोलीबिचको तेस्रो टी२० खेल भने अप्रिल १ तारिखमा खेलिने छ। त्यसपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीन खेलको एकदिवसीय शृंखला खेलिने छ।
पहिलो एकदिवसीय अप्रिल ३ मा, दोस्रो एकदिवसीय अप्रिल ५ मा र तेस्रो एकदिवसीय अप्रिल ७ तारिखमा खेलिने छ ।