काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा.अरनिको पाँडेले राजीनामा दिनुभएको छ। सामाजिक सञ्जाल एक्स(ट्वीटर)मार्फत आफुले राजीनामा दिएको जानकारी दिनुभयो ।
जलवायु विज्ञसमेत रहनु भएका पाँडेलाई सरकारले यहि चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको थियो। पाँडेले पनि रास्वपाले आफ्नो राजीनामा पनि स्वीकृत गरिसकेको बताउनु भएको छ।
योजना आयोगका सदस्यहरुलाई कार्य क्षेत्र विभाजन गर्ने क्रममा उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, विपद जोखिम न्यूनिकरण, जलवायू परिवर्तन र जलवायू वित्त, दिगो विकास लक्ष्य १३ र १५ एवम् गण्डकी प्रदेशको जिम्मेवारी पाउनु भएको छ।