Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हुम्लामा जीप दुर्घटना दुई जनाको मृत्यु, ६ घाइते

हुम्लामा जीप दुर्घटना दुई जनाको मृत्यु, ६ घाइते

  • शनिवार, चैत्र १० २०८०

  • 793
    SHARES

  • हुम्लामा जीप दुर्घटना दुई जनाको मृत्यु, ६ घाइते

    काठमाडौं । हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन् ।

    उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो ।

    उहाँका अनुसार अदानचुलीको श्रीनगरबाट वडा नम्बर–५, को बारीगाउँ जाँदै गरेको सु००१ ज ११८३ नम्बरको बोलेरो जीप चार बजेतिर दुर्घटनामा परेको हो । जीप सडकभन्दा केही तल खसेको छ।

    घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


    शनिवार, चैत्र १० २०८००५:४२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij