एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरलाई पराजित गरेको छ ।
चेन्नईले ६ विकेटको जीत हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । बैंग्लुरुले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य चेन्नईले मात्र ४ विकेटको क्षतिमा ८ बल अगावै पछ्यायो ।
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा आजको दोस्रो खेलमा राति पौने ८ बजे कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्दैछन् ।