Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

यामकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर

यामकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर

  • बिहिवार, चैत्र ८ २०८०

  • 832
    SHARES

  • यामकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।

    कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । सो सम्बन्धमा छानबिन हुँदा उनको तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा बराबरको सम्पत्ति वैधानिक देखिएकाले सोही बराबरको रकम बिगो माग दाबी लिइएको छ।

    यस्तै अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।


    बिहिवार, चैत्र ८ २०८००१:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij