Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीमाथि कांग्रेसका आरोपका चाङ, ओली–प्रचण्ड बचाउमा, छानबिन समिति बनाउन कांग्रेसको माग(खासखबर) ।

गृहमन्त्रीमाथि कांग्रेसका आरोपका चाङ, ओली–प्रचण्ड बचाउमा, छानबिन समिति बनाउन कांग्रेसको माग(खासखबर) ।

  • मंगलवार, चैत्र ६ २०८०

  • 726
    SHARES

  • गृहमन्त्रीमाथि कांग्रेसका आरोपका चाङ, ओली–प्रचण्ड बचाउमा, छानबिन समिति बनाउन कांग्रेसको माग(खासखबर) ।
    काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपनि कांग्रेस सन्तुष्ट हुन सकेन। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपको छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । 
     
    प्रधानमन्त्री प्रचण्डले अहिलेसम्मको प्रमाणलाई केलाउँदा लामिछानेलाई दोषी देखाउन नमिल्ने भन्दै संसदमा बचाउ गर्नुभएको छ । बिना तथ्य र प्रमाणका आधारमा ठाडो उजुरीलाई कांग्रेसजस्तो लामो इतिहास बोेकेको पार्टीले एजेण्डा बनाउन नमिल्ने प्रचण्डको जिकिर थियो । 
     
    सहकारीको सञ्चालक, व्यवस्थापक नभएको र लामिछानेको नाममा प्रवाह भएको ऋण फछ्र्यौट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ आएको प्रधानमन्त्रीको दाबी थियो ।
     
    तर, प्रधानमन्त्रीको जवाफमा कांग्रेसले चित्त बुझाएन । प्रश्नोत्तर सकिएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुखले समय दिएपछि बोलेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको सबै दाबीमा प्रश्न उठाउनुभएको छ । 
     
    पीडितले दिएको जाहेरी, पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन र स्वयं लामिछानेले सरकारी अड्डामा गरेको कागजात बाहिर आइसक्दा प्रधानमन्त्रीले प्रमाण छैन भन्नु जोगाएको ठहरिने लेखकको दाबी थियो । कांग्रेसले संसदका महत्वपूर्ण कारबाहीहरुमा अवरोध नगर्ने भन्दै लेखकले संसदीय छानबिन समिति बनाउनुपर्नेमा जोड दिनुभयो । 
     
    रास्वपाका सांसद शिव नेपालीले गृहमन्त्रीमाथि लागेको आरोप मिथ्या भएको दाबी गर्नुभएको छ । यदि आरोप प्रमाणित भए उहाँमाथि पनि छानबिन हुनेमा विश्वस्त रहन नेपालीको आग्रह छ । मुलुकका धमिरा अन्त्य गर्ने अभियानमा लामिछाने रहेकाले काम गर्न दिनुपर्नेमा नेपालीको जोड छ । 
     
    लामिछानेमाथि सहकारी घोटालाको आरोप लागिरहेका बेला प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले बचाउ गर्दै आइरहेका छन् । ओलीले त उजुरीका आधारमा पक्राउ गर्ने हो भने कोही पनि बाँकी नरहने दाबी गर्नुभएको छ । गृहमन्त्रीले यतिधेरै विवादका बीच नैतिकता देखाउलान् वा अनदेखा गर्लान् त्यो समयले बताउला ।। 
    ००००

     


    मंगलवार, चैत्र ६ २०८००८:१९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij