Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

  • मंगलवार, चैत्र ६ २०८०

  • 872
    SHARES

  • अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह
    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ ।
     
    प्रहरीको कुटपिटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी १ चैतदेखि अनशनमा हुनुहुन्छ। आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएको छ ।
     
    केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ताको माध्यमबाट पीडितको माग सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको छ ।
     
    सहकारी पीडित बचतकर्ताहरूले १ चैतमा काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै पीडितहरूले आयोगमा उजुरीसमेत दिएका छन् ।
     
    आयोगले शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिक अधिकारको रक्षा गर्न आग्रहसमेत गरेको छ ।
     
    human-letter.png


    मंगलवार, चैत्र ६ २०८००५:४५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij