Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

  • मंगलवार, चैत्र ६ २०८०

  • 852
    SHARES

  • सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक
    काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।
     
    जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको संकल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ । सत्तारूढ गठबन्धनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समावेश छन् ।
     
    सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, हरित वित्तको परिचालन, १५औँ आवधिक योजनाको वस्तुनिष्ठ मूल्यांकन गरी १६औँ आवधिक योजना कार्यान्वयनमा ल्याउने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सहकारी, लघुवित्तका समस्या समाधान गर्ने लक्ष्य संकल्पमा राखिएको छ । संकल्प पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वाचन गरिरहनुभएको छ ।
     
    सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो। प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।
     
     
     
     


    मंगलवार, चैत्र ६ २०८००५:०८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij