Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हङकङसँग नेपाल ७३ रनले पराजित

हङकङसँग नेपाल ७३ रनले पराजित

  • शनिवार, फाल्गुण २६ २०८०

  • 1.2K
    SHARES

  • हङकङसँग नेपाल ७३ रनले पराजित

    काठमाडौं। हङकङविरुद्धको मैत्रीपूर्ण टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ७३ रनले पराजित भएको छ। हङककमा आज भएको खेलमा जितका लागि २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ४ बलमा सबै विकेट गुमाएर १३९ रनमात्र बनायो।

    नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ शेखले ३८ तथा कप्तान रोहित पौडेलले ३० रन बनाए। हङकङका आइजाज खानले ४, एहसान खानले ३ तथा अतिक इक्वाल र नासरुल्ला रानाले १–१ विकेट हात पारे।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन जोड्यो। हङकङका लागि बाबर हायातले ११० रन जोडे। हायातले ४९ बल खेल्दा १३ छक्का र ३ चौका हिर्काए। अन्सुमन रथले ३९ रन तथा मार्टिन कोएट्जीले ३१ रन बनाए।

    नेपालका लागि आकाश चन्दले ३ तथा प्रतिश जिसी, राशिद खान र आरिफ शेखले १–१ विकेट हात पारे।नेपाल, हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअघि नेपाल र हङकङबीच टी–ट्वान्टी खेल भएको हो ।



    शनिवार, फाल्गुण २६ २०८००३:२२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij