Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ समीकरणपछि बसेको प्रतिनिधिसभा बैठकमा घोचपेच शुरु (खास खबर)

नयाँ समीकरणपछि बसेको प्रतिनिधिसभा बैठकमा घोचपेच शुरु (खास खबर)

कांग्रेसले धोका दिएको प्रचण्डको भनाइ,  प्रचण्डको बेइमानी रहेको कांग्रेसको आरोप
  • बिहिवार, फाल्गुण २४ २०८०

  • 873
    SHARES

  • नयाँ समीकरणपछि बसेको प्रतिनिधिसभा बैठकमा घोचपेच शुरु (खास खबर)
    काठमाडौं । नयाँ समीकरणपछि बसेको प्रतिनिधिसभा बैठकमा एकअर्कालाई घोचपेच शुरु गरिएको छ । आमनिर्वाचन २०७९ देखि हालसम्म आउँदा तीन पटक परिवर्तन भएको समीकरणका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले बेइमानीको संज्ञा दिएको छ । यताउता गरिराख्ने र कम्फर्टेबल बनाउनका निम्ति नैतिकताको हद पार गर्ने प्रचण्ड प्रवृत्तिमाथि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीखो प्रहार गर्नुभएको छ । अरूको पार्टीभित्रको मामिलामा प्रवेश गर्दै उथलपुथलसम्मको रणनीति बनाउनेलाई जनताले जवाफ दिने उहाँको भनाइ छ । 
     
    संसद्मा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य लामो समय टिक्न नसकेको प्रति दुख व्यक्त गर्नुभयो । कांग्रेसबाट माओवादी केन्द्रले पटकपटक धोका खाएको दाबी गर्दै उहाँले आमनिर्वाचन, निर्वाचनपछिको सरकार गठन, राष्ट्रियसभामा कोशीमा पाएको धोका र महासमिति बैठकमा ल्याएको बेमौसमी प्रस्ताव फुटको कारण भएको बताउनुभयो । 
     
    नेकपा एमालेले संविधान प्रदत्त व्यवस्था बमोजिम नयाँ समीकरण निर्माण भएको दाबी गरेको छ । सत्ताबाट बाहिर जाँदाको छटपटी शोभनीय नरहेको बताउँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न कांग्रेसलाई आग्रह गर्नुभएको छ । 
     
    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रचण्डको यो दौडले पाँच वर्षमा १३ पटकसम्म समीकरण परिवर्तन हुने बताउनुभयो । यो व्यवस्थाकै खराबीका कारण जनताले दुख पाइरहेको उहाँको दाबी छ । 
     
    सत्ता र शक्ति प्रेरित दलहरूका कारण मुलुकको राजनीति अस्थिरताको भुमरीमा जगडिएको छ । प्रधानमन्त्रीले आफू अनुकूलको निर्णय गर्दै सिंगो जनतालाई गलत सन्देश दिइरहेको विश्लेषकहरूको दाबी छ । यो समीकरणको मुख्य ध्येय प्रचण्डको प्रधानमन्त्री पद लम्ब्याउने खेल मात्रै हो । एमाले पनि अहिलेको गठबन्धनमा निरीह भएर बसेको देखिन्छ । 
     


    बिहिवार, फाल्गुण २४ २०८००८:१८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij