Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्तो छ कार्यसुची..

कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्तो छ कार्यसुची..

  • बिहिवार, फाल्गुण २४ २०८०

  • 809
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्तो छ कार्यसुची..

    काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको आह्वानमा बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक र ९ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।

    सभापति देउवाले कांग्रेस अप्रत्यासित रुपमा सत्ता शक्तिबाट विमुख भएपछि आज त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाउनु भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ।

    आज सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ। संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो।

    बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।


    बिहिवार, फाल्गुण २४ २०८००७:३५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij