Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फेसबुकमा देखिएको समस्याबारे यस्तो छ मेटाका प्रवक्ताको जवाफ

फेसबुकमा देखिएको समस्याबारे यस्तो छ मेटाका प्रवक्ताको जवाफ

  • बुधवार, फाल्गुण २३ २०८०

  • 2.0K
    SHARES

  • फेसबुकमा देखिएको समस्याबारे यस्तो छ मेटाका प्रवक्ताको जवाफ
    काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम अवरुद्ध भएको करिब एक घण्टापछि चल्न थालेका छन् । नेपाली समयअनुसार मंगलबार राति ९ देखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राममा समस्या देखिएको थियो ।
     
    एकाएक चल्दै गरेको फेसबुक लगआउट भएको थियो । यो समस्या विश्वभर नै देखिएको हो । यसबारे मेटाका प्रवक्ता एन्डी स्टोनले केही समयमा नै समस्या पूर्ण रुपमा समाधान हुने बताएका छन् ।
     
    उनले लेखेका छन्, ‘प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। यसप्रति हामी सचेत छौं । अहिले यसमा काम गरिरहेका छौं । केही समयमा समस्या पूर्ण रुपमा समाधान हुने छ ।’
     
    सामाजिक सञ्जाल एक्समार्फत उनले प्रयोगकर्ताहरूलाई धैर्य रहन आग्रह गरेका छन् । फेसबुक बन्द हुनुको कारण बारे भने स्टोनले कुनै जानकारी दिएका छैनन् ।
     
    यसअघि पनि सन् २०२१ मा ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा फेसबुक, इन्स्टाग्राम ६ घण्टाभन्दा बढी समय बन्द भएका थिए ।


    बुधवार, फाल्गुण २३ २०८००६:१०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij