Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, फाल्गुण २३ २०८०

  • 1.1K
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?
    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल सुदूरपश्चिम प्रदेशको केही भूभागलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको  जनाएको छ ।
     
    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    भोलि पनि देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।


    बुधवार, फाल्गुण २३ २०८००६:०७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij