Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–२० शृंखला : नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० शृंखला : नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 720
    SHARES

  • त्रिकोणात्मक टी–२० शृंखला : नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

    काठमाडौं। त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।
    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

    नेपालका शीर्ष क्रममा ब्याटरले राम्रो प्रदर्शन गरे पनि पुछारका ब्याटर नेदरल्याण्ड्सका बलरसामु निरीह भए । जसले गर्दा नेपालले ठूलो स्कोर बनाउने मौका गुमायो ।

    नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

    रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

    गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए ।करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।


    मंगलवार, फाल्गुण २२ २०८००१:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij