Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसका मन्त्रीले आफैं राजीनामा नदिने

कांग्रेसका मन्त्रीले आफैं राजीनामा नदिने

  • सोमवार, फाल्गुण २१ २०८०

  • 2.8K
    SHARES

  • कांग्रेसका मन्त्रीले आफैं राजीनामा नदिने
    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने भएका छन् ।
     
    बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेतक रमेश लेखकले कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने बताउनुभएको हो ।
     
    सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गर्नुभएको छ । सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताउनुभएको हो ।
     
    कांग्रेसका मन्त्रीले राजीनामा नदिनेबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘गठबन्धन प्रधानमन्त्रीले तोड्ने, अनि हामीले किन राजीनामा दिने ? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ ।’
     
    कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले मंसिर ४ को जनताको म्यान्डेट अनुसार आफूहरू सरकारमा गएकाले राजीनामा गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
     
    उहाँले भन्नुभयो, ‘भोलिसम्म पर्खने हो केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि छ ।’


    सोमवार, फाल्गुण २१ २०८००१:३२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij