Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेदरल्यान्ड्स र नामबियाले अंक बाँडे, फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

नेदरल्यान्ड्स र नामबियाले अंक बाँडे, फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

  • आइतवार, फाल्गुण २० २०८०

  • 1.8K
    SHARES

  • नेदरल्यान्ड्स र नामबियाले अंक बाँडे, फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

    काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन्।त्रिवि क्रिकेट मैदानमा जारी नेदरल्यान्ड्स र नामबियाबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

    यससँगै मंगलबार हुने फाइनलका लागी नेपालले उपाधिका भिडन्त गर्ने टोली नेदरल्यान्ड्स पाएको हो। खेल रद्द भएपछि ४ खेलबाट ५ अंक भएको नेदरल्यान्ड्स विजेता बन्दै फाइनल पुग्यो भने ४ अंक भएको नेपाल उप–विजेताका रूपमा अगाडि बढेको हो ।

    नामिबियाको ४ खेलबाट केवल ३ अंक भयो। जित्नैपर्ने दबाबमा रहेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन जोडेपछि खेल वर्षाका कारण रोकिएको हो। त्यसपछि खेल सन्चालन हुन सकेन।

    सुरुका दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर फाइनलमा स्थान बनाएको थियो। नेदरल्यान्ड्सले सुरुका दुवै खेल जितेको थियो भने तेस्रो खेलमा नेपालसँग हार ब्यहोरेको थियो।

    सुरुका दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नामिबिया तेस्रो खेलमा नेपालसँग पराजित भएको थियो।


    आइतवार, फाल्गुण २० २०८००३:३०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij