Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकियो

नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकियो

  • आइतवार, फाल्गुण २० २०८०

  • 1.1K
    SHARES

  • नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकियो

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।

    लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ ।

    अहिले मेघ गर्जनसहित वर्षा भएको छ । मैदानमा कभर ढाकिएको छ । दुबै टोलीका खेलाडी पभेलिएन आएका छन् ।

    भारी वर्षा हुँदा खेल प्रभावित हुने देखिन्छ । खेल रद्द भएको खेलमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स सामान्य अन्तरले पराजित हुँदा पनि नेटरनरेटमा माथि रहँदै फाइनलमा पुग्नेछ ।

    नामिबिया फाइनलमा पुग्न विशाल जित निकाल्नुपर्ने हुन्छ । नेपाल भने २ मा जित र २ मा हारसहित ४ अंकका साथ फाइनलमा पुगि सकेको छ । फाइनल मंगलबार हुनेछ ।


    आइतवार, फाल्गुण २० २०८००२:०३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij