Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन

  • बिहिवार, फाल्गुण १७ २०८०

  • 1.4K
    SHARES

  • टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन

    काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन बनेको छ ।

    त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको छ ।

    कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै उक्त रन बनाएको हो । अब नेदरल्यान्ड्सलाई हराउन नामिबियाले दुई सय ४८ रन बनाउनु पर्नेछ ।

    नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।

    नेदरल्यान्ड्सले त्यही कीर्तिमान तोडेको हो । कीर्तिपुर मैदानमा बनेको तेस्रो ठूलो स्कोर पनि नेपालकै नाममा छ । नेपालले सन् २०१९ को डिसेम्बर ५ तारिखमा सम्पन्न टी–२० क्रिकेटमा भुटानविरुद्ध तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो ।


    बिहिवार, फाल्गुण १७ २०८००१:५९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij