Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

  • बुधवार, फाल्गुण १६ २०८०

  • 909
    SHARES

  • माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

    गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिरहेको बेला माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको हो ।

    माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् ।

    राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ ।


    बुधवार, फाल्गुण १६ २०८००१:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij