Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराजलाई अघि सार्दा माओवादीमा मतभेद

सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराजलाई अघि सार्दा माओवादीमा मतभेद

  • मंगलवार, फाल्गुण १५ २०८०

  • 2.0K
    SHARES

  • सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराजलाई अघि सार्दा माओवादीमा मतभेद

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ ।

    मंगलबारको बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबीच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो ।

    बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गर्नुभएको थियो। तर प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाएका थिए । खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए ।

    एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डको प्रस्तावमा प्रभावशाली नेताहरूले रिजर्भेसन राखेपछि अर्को बैठकमा निर्णय गर्ने भनेर बैठक स्थगित गरिएको हो ।


    मंगलवार, फाल्गुण १५ २०८००२:२९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij