Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जहाँ ज्ञानेन्द्र शाही त्यहाँ हंगामा, आजको संसदमा पनि केहीबेर हंगामा

जहाँ ज्ञानेन्द्र शाही त्यहाँ हंगामा, आजको संसदमा पनि केहीबेर हंगामा

  • आइतवार, फाल्गुण १३ २०८०

  • 1.2K
    SHARES

  • जहाँ ज्ञानेन्द्र शाही त्यहाँ हंगामा, आजको संसदमा पनि केहीबेर हंगामा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर गुडिरहेको बसमा बम पड्काएर नआएको भनेपछि संसदमा केहीबेर हंगामा भएको छ ।

    सांसद शाहीले आइतबारको बैठकको विशेष समयमा बोल्दा घाँटी काटेर नआएको भनेपछि सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्नुभएको थियो । त्यसपछि बैठकमा केहीबेर हंगामा भएको थियो ।

    सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राख्नुभएको थियो ।

    शाही बोल्दाबोल्दै माओवादीका सांसद पाण्डेले नियमापत्ति गर्नुभएको थियो । पाण्डेको नियमापत्तिपछि कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताउनुभएको थियो । शर्माले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीलाई समर्थन गर्नुभएको थियो ।

     


    आइतवार, फाल्गुण १३ २०८००२:११:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij