काठमाडौं। वाफ महिला च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो ।
नेपालका लागि सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानाले एकरएक गोल गरे। सावित्रा भण्डारीले नेपालका लागि ४२ औं मिनेटमा गोल गरेकी थिइन् ।
यसअघि नै प्रतियोगिताको सेमिफाइन पुगेको नेपाल आजको जितसँगै समूह ‘बी’ को विजेता बनेको छ । भने प्यालेस्टाइन उपविजेता बनेको छ । समुह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् । नेपालले अब मंगलबार सेमिफाइनलमा लेबनानको सामना गर्नेछ ।