Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नामिबियासँग नेपालको लगातार दोस्रो हार

नामिबियासँग नेपालको लगातार दोस्रो हार

  • बुधवार, फाल्गुण ९ २०८०

  • 718
    SHARES

  • नामिबियासँग नेपालको लगातार दोस्रो हार

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ को तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ३९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।

    नामिबियाको जितमा कप्तान ग्रिर्हाड इरासमूसलाई ५२ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । कुशल मल्ल, रोहित पौडेल, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

    यसअघि पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम सार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

    नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि इटनले समान ४/४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

    यसअघि लिग–२ को पहिलो खेलमा पनि नेपाल घरेलु मैदानमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेदरल्याण्डमाथि नेपालले सानदार जित निकालेको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको थियो ।


    बुधवार, फाल्गुण ९ २०८००३:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij