Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालको फितलो ब्याटिङ, नामिबियालाई दियो १६९ रनको लक्ष्य

नेपालको फितलो ब्याटिङ, नामिबियालाई दियो १६९ रनको लक्ष्य

  • बुधवार, फाल्गुण ९ २०८०

  • 567
    SHARES

  • नेपालको फितलो ब्याटिङ, नामिबियालाई दियो १६९ रनको लक्ष्य

    काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध फितलो ब्याटिङ गर्दै १६९ रनको लक्ष्य दिएको छ ।

    ३७. १ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।

    नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

    नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि–इटनले ४÷४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक÷एक विकेट लिए ।

    नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

     


    बुधवार, फाल्गुण ९ २०८०१२:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij