Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

क्यानडा–११ माथि नेपाल ‘ए’ विजयी

क्यानडा–११ माथि नेपाल ‘ए’ विजयी

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 697
    SHARES

  • क्यानडा–११ माथि नेपाल ‘ए’ विजयी

    काठमाडौं। नेपालको ‘ए’ टोलीले दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ माथी २ विकेटले विजयी भएको छ। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो ।

    नेपालका कप्तान सन्दीप जोराले ६६ तथा बसिर अहमदले ५२ रनको अर्धशतकीय पारी खेले। यस्तै, रासिद खानले ४७, अर्जुन कुमाले ४० तथा किरण ठगुन्नाले १३ रन जोडे । क्यानडाका अमोर खालिद, शाहिद अहमद्जाई र निखिल दत्तले दुई–दुई तथा साद बिन जफर र हर्ष ठेकरले एक–एक विकेट लिए ।

    यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ६ बलमा अल आउट हुँदै २ सय ४० रन बनाएको थियो । क्यानडाका श्रेयस मोम्भाले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । यस्तै, नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ तथा डिलोन हेलिगरले १६ रनको योगदान गरे ।

    नेपालका साहब आलम र रासिद खानले तीन–तीन, शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमदले एक–एक विकेट लिए । यो जितसँगै नेपाल र क्यानडाबीचको तीन खेलको सिरिजमा १–१ को बराबरी भएको छ ।

    पहिलो खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको थियो । सिरिजको तेस्रो तथा निर्णायक खेल आगामी बिहीबार हुनेछ ।

     


    मंगलवार, फाल्गुण ८ २०८००५:५७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij