Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल ‘ए’ क्यानडा–११ सँग ४ विकेटले पराजित

नेपाल ‘ए’ क्यानडा–११ सँग ४ विकेटले पराजित

  • आइतवार, फाल्गुण ६ २०८०

  • 947
    SHARES

  • नेपाल ‘ए’ क्यानडा–११ सँग ४ विकेटले पराजित

    काठमाडौं। एकदिवसीय क्रिकेटमा क्यानहा ११ सँग नेपाल ‘ए’ टोली पराजित भएको छ। आज मुलपानी क्रिकेट मैदानमा भएको आफ्नो डेब्यू खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य क्यानडाले ३ बल बाँकी हुँदा पुरा ग¥यो।

    खराब सुरुवात गरेपनि क्यानडाका लागि नवानित धलिवल र निखिल दत्तले अर्धशतकीय इनिङ खेल्दै टिमको जित निश्चित गरे। निखिल ६७ रनमा नटआउट रहँदा उनले श्रेयासले २३ रन बनाएर साथ दिए। क्रिजमा टिकेका निखिलले १ सय १५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए।

    पाँचौं विकेटका लागि धलिवल र निखिलले ७५ रनको साझेदारी गरेका थिए। धलिवलले ७६ बलमा १० चौका र २ छक्काको सहयोगमा ८० रन बनाए। त्यसपछि साद बिन जफर र निखिलले ५४ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ अग्रसर बनाए।

    त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन जोडेको थियो। नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोड्दा तेस्रो नम्बरमा आएका राशिद खानले ४० रनको योगदान दिएका थिए। त्यस्तै, मयन यादवले ३६ रन जोडे।


    आइतवार, फाल्गुण ६ २०८००५:२९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij